२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


रौतहटका शीतलहरपीडितलाई डा. गोविन्द केसीद्वारा कम्बल वितरण


0
Shares

रौतहटको गडीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुरको मुसहर बस्तीका शीतलहरपीडितलाई उनले न्यानो कपडा वितरण गरेका हुन् ।

उनले सशस्त्र र नेपाल प्रहरीको गाडी प्रयोग गरेर १५० शीतलहरपीडित परिवारलाई कम्बल वितरण गरेका थिए ।

एक महिनादेखि तराईमा चलेको शीतलहरबाट रौतहटमामात्र २३ जनाको ज्यान गइसकेको छ ।

रौतहटमा शीतलहरपीडितलाई विभिन्न दाताहरुले कम्बल, सिरकलगायतका कपडा वितरण गर्दै आएका छन ।

शीतलहरबाट रौतहटका विभिन्न स्थानमा बसोबास गर्ने विपन्न समुदायका बासिन्दा बढी प्रभावित भएका छन् ।