
बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ सरकार गठनअघि नै पार्टी एकता हुने कुरा निश्चित भएको जिकिर गरिन् ।
पार्टी एकता संयोजन समितिले द्रुतगतिमा गृहकार्य अघि बढाइरहेकाले पार्टी एकता छिट्टै हुने भुसालको भनाइ थियो ।
पार्टी एकतामा कुनै समस्या नभएकाले दुवै पार्टीका अध्यक्षहरु बसेर सबै कुराको अन्तिम टुंगो लगाउने उनले उल्लेख गरिन् ।
तल्लो तहमा कार्यकर्ताहरुबीच एकता भइसकेकाले अब केन्द्रमा पनि चाँडै एकता टुंगिने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्