
हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमासमेत पटक–पटक अवरोध हुँदै आएको छ ।
मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् ।
निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रीलाई कठिनाइ भएपछि आफ्नो गन्तव्यमा पुग्न यात्रीलाई केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ ।
विमान नउड्ने भएपछि यात्रीहरु लामो र जोखिमपूर्ण यात्रा भएपनि सडकमार्ग हुँदै राजधानी काठमाडौं आवत–जावत गर्ने गरेका छन् ।
विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रीले आवत–जावत गर्ने गरेका छन् ।
आन्तरिकतर्फ हेलिकोप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ ओटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० ओटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्