२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनकुटामा दोस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित


0
Shares

प्रदेश नं १ को मुकाम धनकुटा नतोकिएको विरोधमा थालिएको आन्दोलनले उग्ररुप लिएपछि बिहीबारदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आन्दोलनकारीले केही सरकारी कार्यालयसहित प्रहरीको गाडी, दमकल र एम्बुलेन्ससमेत तोडफोड गरेपछि कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनको भनाइ छ ।

प्रहरी र आन्दोलनकारीबीच झडप बढेपछि लगाइएको कर्फ्यु निरन्तर गरिएको हो । स्थिति सामान्य नभएकाले कर्फ्यु नहटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

सामूहिक रुपमा भेला हुन नपाए पनि व्यक्तिले आफ्नो काम गर्न कुनै असर नपर्ने जनाइएको छ । लगातारको बन्द र कर्फ्युले जनजीवन भने असामान्य बनेको छ ।