
राष्ट्रपति विद्या भण्डारीबाट सात वटै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिनेछन् ।
राष्ट्रपति कार्यालयमा दिउँसो दिलाइने शपथका लागि सबै तयारी पूरा गरिएको राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।
सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई नाम सिफारिश गरेको थियो ।
सरकारले १ नम्बर प्रदेशमा डा. गोविन्द सुब्बा, २ नम्बरमा रत्नेश्वरलाल कायस्थ, ३ नम्बरमा अनुराधा कोइराला, ४ नम्बरमा बाबुराम कुँवर, ५ नम्बरमा उमाकान्त झा, ६ नम्बरमा दुर्गाकेशर खनाल र ७ मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको छ ।
यता, निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ ।
प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकारसँग समन्वय भइरहेको आयोगले जनाएको छ ।
आजै निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रदेशसभाको सांसद बनेकालाई प्रमाणपत्र वितरण गर्दैछ ।
मंसिर १० र २१ गते भएको चुनावमा दलहरुले पाएको मतका आधारमा प्रदेशसभामा चुनिएका २ सय २० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्