
आन्दोलनकारीले सदरमुकाम दिपायलमा रहेको जिल्ला प्रशासन कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ ।
दोहोरो झडमा कतिजना घाइते भए भन्ने यकिन हुन सकेको छैन ।
स्थिति तनावग्रस्त बनेपछि कर्फ्यु लगाउनेबारेमा छलफल भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले जानकारी दिए ।
प्रदेश नम्बर–७ को राजधानी दिपायलमा कायम हुनुपर्ने माग गर्दै डोटेली आन्दोलनरत् छन् । सरकारले प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकेपछि आन्दोलनकारी उग्र प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्