Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


समावेशी लोकतन्त्र विस्तारै समृद्ध हुँदैछ : दाहाल


0
Shares

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार नवनिर्वाचित प्रदेशसभाका समानुपातिकतर्फका सांसदलाई बधाइ दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षको प्रतिफलस्वरुप नै राज्यको आँखा पुग्न नसकेको क्षेत्र तथा वर्ग अगाडि आएको बताए ।

राज्यको नजरमा नै नपरेका समुदाय अगाडि आउनु आफूहरुका लागि खुसीको कुरा भएको स्पस्ट पार्दै उनले नेपाली कांग्रेस तथा नेकपा एमालेका तर्फबाट सांसद भएकासमेत आफ्नैजस्तो लाग्ने उल्लेख गरे ।

उनले भने–‘जनयुद्ध र जनआन्दोलनको पहलस्वरुप नै अल्पसंख्यक समुदाय राज्यको मूलप्रवाहमा जोडिन आएको छ । त्यो वर्ग तथा समुदाय नीति–निर्माणका तहमा पुगेको छ । यसले नेपालको राजनीतिक, सामाजिक क्षेत्रमासमेत महत्वपूर्ण स्थान राखेको छ ।’

संघर्षको स्वरुप बद्लिएको भएपनि अझै अल्पसंख्यक, महिला, जनजाति, आदिवासी समुदायलाई अधिकार दिलाउन बाँकी नै रहेको स्पस्ट पार्दै अध्यक्ष दाहालले बद्लिएको अवस्थामा प्रदेशसभा, संसदमा विशिष्ठ भूमिका निर्वाह गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरे ।

अध्यक्ष दाहालले भने–‘आज मलाई प्रदेशसभाको सदस्यलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ, विशेष हर्ष र गर्भको महसुस भएको छ । हामीले परिकल्पना गरेको समावेशी लोकतन्त्र विस्तारै समृद्ध हुँदैछ ।’

राज्यले बेवास्था गरेका समुदाय राज्य सन्चालनमा आउनु सुखद् भएको उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसाइँलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीमार्फत् विजयी भएका ३५ प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो । रासस