२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘तरकारी र फलफूलको मूल्य माग र वितरणले निर्धारण’


0
Shares

शुक्रबार राजधानीमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको अन्तक्रिया कार्यक्रममा उनले तरकारी एवं फलफूलको मूल्य समितिले निर्धारण नगर्ने दाबी गरे ।

आपूर्ति र मागको अवस्थाअनुसार मूल्य निर्धारण हुने सहसचिव दाहालको भनाइ छ ।

तरकारी तथा फलफूलको मूल्यमा एकाधिकार र मिलेमतो नभएको समितिका उपनिर्देशक विनय श्रेष्ठको दाबी छ ।

वस्तुको गुण, अवस्था, जात, स्रोत, समय, कारोबारको स्तर, भावी सम्भावनाजस्ता कारणले एकै प्रकृतिका तरकारी एवं फलफूलको मू्ल्यमा पनि अन्तर देखिने उपनिर्देशक श्रेष्ठको तर्क छ ।

चालू आर्थिक वर्षको सुरुआतमा वस्तुहरुको मूल्यवृद्धि हुनुमा भारतीय बजारमा बढेको मूल्य नै प्रमुख कारण रहेको उनीहरुको दाबी छ ।

वर्षाद्को मौसममा उत्पादन तथा आयात दुवैमा कमी आउने हुनाले पनि तरकारी एवं फलफूलको मूल्य उच्च हुने गरेको अधिकारीहरुको भनाइ छ ।