
दमक, मंसिर २५ । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमकचोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।
ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी निरीक्षक खगेन्द्र एकतेनकाअनुसार मृत्यु हुनेमा मोरङ, पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् ।
ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए ।
एचआर२७जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को३३प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्