२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


सारंगीको धुनमा गीत सुनाउँदै हिड्नु ‘मागीखाने’ होइन गरिखाने पेशा (भिडियो)


0
Shares

सञ्चारको सुविधासँगै घरघरमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच पुगेपछि गन्धर्वहरुको सारंगीको धुन र गीत सुन्ने श्रोता पनि कम हुँदै गएका छन् ।

लमजुङका गाउँघरमा कुनै बेला विरहका गितसंगीत सुनाउँदै हिड्ने गन्धर्वहरु अहिले कमै मात्रामा भेटिन्छन् ।

समाजले उनीहरुको पेशालाई मागीखाने भाँडोको रुपमा हेरेका कारण अहिले यो पेशा संकटमा पर्दै गएको छ । सामाजिक हेय खपेर भएपनि पुर्खाले निरन्तरता दिएको पेशालाई छोड्न नसकेको गन्धर्भहरु बताउछन् ।

आजभोली पढेलेखेका गन्दर्भहरु भने यो पेशाप्रति आकर्षित छैनन् । पढ्न नसकेकाहरु यो पेशालाई चटक्कै छोड्न पनि सकेका छैनन् ।

आर्थिक अभावकै कारण पढाईमा निरन्तरता दिन नसकेपछि पुर्खाको पेशा अँगाल्न बाध्य भएको युवापुस्ताका गन्धर्वको भनाई छ ।

सारङ्गी रेटेर गीत गाउँदै मेची महाकाली डुलेर जिविकोपार्जन गरेको गन्दर्भहरुको अनुभव छ ।

दैनिक पाँचसय देखि एकहजार सम्म नगद, केही चामल र तरकारी आम्दानी हुने उनिहरु बताउछन् । सारङी रेटेर कमाएको रकमले परिवार पाल्ने गरेको उनीहरु बताउँछन् ।

गन्दर्भ समुदायले परम्परादेखी नै गाउँदै आएको कर्खगाथा, मालाश्री, आरती, स्तुती, कृष्णजन्म अबतार, रामायणलगायतका मुख्य भाकाहरु पेशा सँगै संकटमा छन् ।

जुनसुकै समुदाय वा जातीको संस्कृति राष्ट्रको महत्वपुर्ण सम्पत्ति हो । यसैले लोप हुने अबस्थामा पुगेको गन्धर्वहरुको पेशा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।

(भिडियो)