२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अनिश्चितकालिन आमहड्तालका कारण दाङको जनजीवन कष्टकर


0
Shares

आमहड्तालका कारण आज पनि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । जिल्लाका मुख्य बजार र सडकमा विहानदेखिनै प्रदर्शन भइरहेका छन् ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले आह्वान गरेको आन्दोलनको नेतृत्व विभिन्न राजनीतिक दलका नेताहरुले नै लिएका छन् ।

केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दल एकजुट भएर आन्दोलनमा होमिएका हुन् ।

समितिले आन्दोलनलाई राजमार्ग केन्द्रित बनाएको छ । अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङखण्ड ठप्प भएको छ भने जिल्लाका अन्य शहरबाट विभिन्न ठाउँमा जाने गाडीसमेत चल्न सकेका छैनन् ।

अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी नेताहरुप्रति आक्रोशित भएका छन् ।