
शनिबार बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रदर्शनको तयारी गरेपनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् ।
प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता दिएको छ ।
स्थानीय प्रशासनले शनिबार बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो ।
आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि जिल्ला सुरक्षा समिति धनकुटाले सुरक्षा स्थितिमा थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।
शुक्रबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो भएको जानकारी गराएको थियो ।
संघर्ष समितिको शुक्रबारै साँझ बसेको बैठकले आमहडताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले सुरक्षा कडा बनाएको जनाएको छ ।
शनिबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, वित्तीय संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्दको घोषणा गरिएको छ ।
स्थानीय प्रशासनले शुक्रबार बेलुका करिब ३०० सवारी–साधन स्कर्टिङ गरेर कोसी राजमार्गबाट गन्तव्यतर्फ पठाएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्