२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरामा यस्तो छ, शपथको तयारी


0
Shares

शनिबार पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विधिको शासनलाई सम्पूर्णरुपमा लागू गर्ने हिसाबले आफूले कर्तव्य पालना गर्ने स्पस्ट पारे ।

प्रदेश–४ का प्रमुख कुँवरले आइतबार (भोलि) सहिदचोकस्थित प्रदेशप्रमुखको कार्यालयमा पदभारग्रहण गर्नेछन् ।

पदभारग्रहणलगत्तै उनले निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनेछन् । त्यसपछि ज्येष्ठ सदस्यले अरु सदस्यलाई नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा रहेको प्रदेशसभा हलमा शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

प्रदेश–४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ ६७ वर्षका छन् । उनी नेकपा एमाले नवलपुर क्षेत्र–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रदेश–४ अन्तर्गत् प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी कुल ३६ जना सदस्य छन् । शपथग्रहणका लागि सदस्यहरु पोखरा आइसकेका छन् ।

यसअघि, पोखरा उत्रिएलगत्तै प्रमुख कुँवरलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पश्चिम पृतनापति देवेन्द्रबहादुर मेधासी, एआइजी कमलसिंह बम, पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीलगायतले उनलाई स्वागत गरेका थिए ।