
३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडास्थित क्षेत्रीय प्रशासन कार्यालयमा शनिबार पदभारग्रहण गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले आइतबार (भोलि) बिहान १० बजे ज्येष्ठ सदस्यका आधारमा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य डोरमणि पौडेललाई शपथग्रहण गराउने कार्यक्रम छ ।
त्यसपछि पौडेलले प्रदेशसभाका अरु सदस्यहरुलाई शपथ गराउनेछन् ।
प्रदेशप्रमुख कोइराला हेटौंडा पुग्दा क्षेत्रीय प्रशासन कार्यालय मकवानपुरका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्