
उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम ९कुदान०मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् ।
निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताए ।
कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् ।
तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ ।
निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ । -रासस
प्रतिक्रिया दिनुहोस्