
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा लक्ष्य भन्दा ३ प्रतिशत कम राजश्व संकलन भएको हो ।
६ महिनामा १ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले १ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको भन्सार प्रमुख गोपाल कोइरालाले बताए ।
विभिन्न चाडपर्व, निर्वाचनलगायतका कारणले नाकामा अवरोध हुँदा राजश्व असुलीमा असर परेको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले माघमा ३० करोड भन्सार असुली गर्ने लक्ष्य राखेको छ ।
माघमा चीनतर्फ सार्वजनिक विदा बढी हुने र हिउँ पर्ने समय भएकाले राजश्व संकलन प्रभावित हुनसक्ने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस्