२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वीरगन्जको शंकराचार्य द्वारमा सेल्फी खिच्नेको लाइन(भिडियो)


0
Shares

-अनिल तिवारी/ईमेज

वीरगन्ज । वीरगन्ज–रक्सोल सीमाक्षेत्रस्थित शंकराचार्यद्वार अहिले सेल्फीस्थल बन्न थालेको छ ।

वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्वारको जीर्णोद्धार गरी रंगरोगन गरेर चिटिक्क पारेसँगै स्वदेशी र विदेशीका लागि सेल्फीस्थल बन्न लागेको हो ।

वीरगञ्ज देशको आर्थिक नगरीका साथै नेपाल भारतको मुख्य प्रदेशद्वार पनि हो ।

वीरगञ्ज रक्सौलको मितेरी पुल कटेसँगै मुख्य सडकमा रहेको शंकराचार्य गेट सौन्दर्यको प्रतीक बन्न लागेको छ ।

यहाँ आउने जोकोहीलाई पनि सेल्फी खिच्ने हतारो हुन्छ । महानगरपालिकाको पहलमा गेटलाई रंगरोगन र सौन्दर्यीकरण गराएसँगै यो सेल्फी साइटका रुपमा परिणत हुन लागेको हो ।

नेपालकै  पहिचान बोकेको शंकराचार्य गेटलाई स्वागतद्वारको रुपमा हेरिन्छ ।

महानगरपालिकाले यस द्वारको अगाडि नेपालको राष्ट्रिय झण्डा समेत स्थापना गरेको छ जसले नेपालीपनलाई अझ बढी झल्काएको छ ।

भारतबाट नेपाल आउने जोकोहीलाई स्वागत गर्न उभिएको यस गेटमा डिजिटल बत्ती समेत जडान गरिएको छ  ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसाल यस द्वारलाई सौन्दर्यीकरण गर्दै राष्ट्रिय पहिचानको रुपमा सेल्फीस्पटमा परिणत गर्ने आफ्नो प्रतिबद्धता पुरा भएको बताउँछन् ।

सरकारी उदासीनताको कारण जीर्ण बन्दै गएको गेट अहिले भने आकर्षणको केन्द्र बन्न लागेको छ ।

यस क्षेत्रको सौन्दर्य अझ बढाउन गुरुयोजना अनुसार मितेरीपुलदेखि रजतजयन्ती चोकसम्मको क्षेत्रलाई नै विकास गरिने .वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको दाबी छ ।

हाम्रा पहिचान र शानका रुपमा रहेका यस्ता क्षेत्रलाई संरक्षण सम्बद्र्धन र व्यवस्थित गर्न सके हाम्रै शिर उच्च हुनेछ ।

महानगरपालिकाले गरेको यो कदम सराहनीय नै छ साथै बाँकी प्रतिबद्धता पनि समयमै पुरा गर्नुपर्छ ।