
आइतबार जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सदस्यहरुलाई सपथ गराइएको हो ।
प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले सपथ लिएपछि चौधरीले अन्य सदस्यहरुलाई सपथ गराएका हुन् ।
सपथग्रहणकाक्रममा भाषालाई लिएर विवादमा भएको थियो । सिरहा क्षेत्र नम्बर-१ ‘क’का एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य चौधरीले नेपाली भाषामा सपथ लिए ।
तर, प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा सपथ नलिने भन्दै विरोध गरेपछि प्रदेशसभा सदस्यहरुलाई आ–आफूले रोजेको भाषामा सपथ गराइएको हो ।
प्रदेशसभा सदस्यहरुको सपथलगतै प्रदेश प्रमुखले २१ गते पहिलो बैठक आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्