२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयर सकारात्मक, लगानीकर्ता भन्छन्–‘जति घट्नुपर्ने घट्यो, अब बजार घट्दैन’


0
Shares

काठमाडौं, मंसिर २४ । लगानीकर्ताहरु अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डले चासो दिएको भन्दै अब भने सेयर नघट्नेमा ढुक्क भएका छन् ।

अर्थ मन्त्रालयले समिति गठन गरेको, धितोपत्र बोर्डले उपत्यकाबाहिर पनि ब्रोकरको संख्या थप गर्न लागेको र लगानीकर्ताहरुले नेप्सेलाई बारम्बार झकझकाएकाले बजार सकारात्मकतर्फ उन्मुख हुँदै गएको उनीहरुको भनाइ छ ।

नेप्से अब भने उकालो लाग्नेमा उनीहरु विश्वस्त छन् । ब्याजदरमा सुधार आए बजार थप सुधारिने उनीहरुको भनाइ छ ।

लगानीकर्ताहरुले केवाइसी अपडेट गरी डिम्याट खाता र युनिक क्लाइन्ट कोड दिएर नेप्सेको फारममा सम्झौता गरेपछिमात्र युजर आइडी र पासवर्ड दिने व्यवस्था गरिएको ओपल सेक्युरिटीजका प्रबन्ध निर्देशक सुमन गौतम बताउँछन् ।

नेप्सेले गत कात्तिक २० गतेबाटै अनलाइन कारोबारको सुरुआत गरेपनि विभिन्न समस्या आएको थियो ।

आइतबारबाट लगानीकर्ताहरुलाई अनलाइन कारोबारका लागि युजर आइडी र पासवर्ड दिन सुरु गरिएको छ ।