
आगामी दुई वर्षभित्र बेनी–जोमसोम खण्डको सडक कालोपत्रे र जोमसोम–कोरला खण्डको सडक ग्राभेल गर्ने गरी बेनी–जोमसोम–कोरला सडक आयोजनाले काम अघि बढाएको हो ।
७ मिटर पिचसहित १० मिटरको चौडा सडक निर्माण गर्न बेनी–जोमसोम खण्डलाई चार भागमा विभाजन गरेर काम भइरहेको छ ।
२ अर्ब ४९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएपछि सडक बिस्तारले तीव्रता पाएको हो ।
तोकिएको समयभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
आयोजनाले जोमसोम–कोरला १ सय १० किलोमिटर लामो सडकलाई ७ प्याकेजमा विभाजन गरेको छ ।
२०७५ साल कात्तिकमा सम्पन्न गर्ने लक्ष्यसहित जोमसोम–कोरला सडक खण्ड निर्माणको काम ३० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्