२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


माओवादी केन्द्रमा शीर्ष तीन नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा


0
Shares

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

नेकपा एमालेसँग संयुक्तरुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवारमात्र उठाउने भएको छ ।

प्रदेश इन्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन/तीनजनाको दरले सिफारिस गर्न दिइएको निर्देशनअनुसार सोमबार सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै भुसालले मंगलबार उम्मेदवारको टुंगो लाग्ने बताइन् ।

एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने भुसालको भनाइ छ ।

पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, सहिद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ । रासस