२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


देशको समृद्धिका लागि छोरीहरु सबल हुनुपर्छ : रेखा थापा


0
Shares

अभियानकर्मीद्वय अभिनेत्री रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियान कपिलवस्तुमा पनि सुरु गरिएको हो ।

कपिलवस्तुमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेन, अक्सफामको संयोजनमा चन्द्रौटामा बालविवाहविरुद्धको अभियान सुरु भएको छ ।

देशमै अधिक मात्रामा बालविवाह हुने गरेको कपिलवस्तुमा यो अभियान सन्चालनपछि बालविवाहमा कमी आउने विश्वास लिइएको छ ।

मंगलबार मध्याह्न सदरमुकाम तौलिहवामा गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री थापाले ‘देशको समृद्धिका लागि छोरीहरु सबल हुनुपर्ने’ बताइन् ।

फिल्मका माध्यमबाट छोरीमाथि हुने भेदभाव अन्त्यका लागि आफूले प्रयास गर्दै आएपनि त्यो अपर्याप्त रहेको उनले बताइन् ।

‘समाजमा छोरीविरोधी संस्कारले जरा गाडेको’ भन्दै अभिनेत्री थापाले अब सबै क्षेत्रबीच समन्वय गरेर यसको अन्त्यका लागि कस्सिनुपर्ने बताइन् ।

अभियानका जन्मदाता नरबहादुर कार्कीले नेपाललाई छोरीहरुको स्वर्णिम देश बनाउने अठोट व्यक्त गरे ।

देशभरका ३३ लाख ‘छोरी’को भविष्य उज्ज्वलका लागि महाअभियानमा जुटेको कार्कीले बताए ।