
मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री यादवले नेपाल–भारतको सम्बन्ध अहिले पनि सुमधुर नै रहेको भन्दै आगामी दिनमा त्यस्तै रहने बताए ।
उनले नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको बताउँदै दुई देशको सम्बन्ध विशिष्ट खालको रहेको जिकिर गरे ।
यस्तै, नेकपा एमालेका नेता राजन भट्टराईले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हितअनुसार नै अघि बढ्ने भएकाले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग सम्बन्ध राखिने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी नेपालका नेता मनीष सुमनले नेपाल–भारत सम्बन्धकाबारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्