
काठमाडौं, मंसिर २४ । ७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार बिहान प्रभातफेरी निकालिएको छ ।
‘समानता, न्याय र मानव मर्यादाको लागि जुटौं’ भन्ने नाराकासाथ काठमाडौंको भृकुटीमन्डपबाट निकालिएको प्रभातफेरी रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर टुंगिएको थियो ।
शान्तिबाटिका भएको कोणसभामा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा मानवअधिकारको अवस्था दयनीय रहेको बताए ।
मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको भन्दै उनले राज्य मानवअधिकारको रक्षाका निम्ति संवेदनशील नभएको आरोप लगाए ।
उनले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदासमेत सरकारले दोषी पत्ता लगाउन नसक्नु लाजमर्दो भएको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
प्रभातफेरीमा मानवअधिकारसम्बन्धी विभिन्न संघ–संस्थाको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्