५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता


0
Shares

पोखरा । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन ।

पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् ।

दिदी रोशनीसँग उनी पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।

अहिले प्रहरीको रेस्क्यु टिमले खोजीरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।