
काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालमा मानव अधिकारको स्थिति चुनौतिपूर्ण रहेको बताएका छन् ।
परराष्ट्रविद् डाक्टर शम्भुराम सिम्खडाद्धारा लिखित मानव अधिकार विषयक पुस्तकको आज काठमाडौंमा विमोचन गर्दे उनले मानव अधिकारको अवस्था सुदृढ गर्नको लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।
सरकार सबै किसिमको मानव अधिकार रक्षाको लागि प्रतिवद्ध रहेको उनको भनाई थियो ।
ज्ञवालीले मानव अधिकार हनन हुन नदिन सबै गम्भीर हुनु पर्ने भन्दै मानव अधिकारका विश्वव्यापी मान्यतालाई नेपालले इमान्दारीतापूर्वक कार्यान्वयन गर्ने बताए ।
पुस्तक लेखक डाक्टर सिंम्खडाले मानव अधिकाका सम्बन्धमा आफूले देखेका र भोगेका घटनालाई पुस्तकमार्फत प्रष्ट पारेको बताए ।
प्रतिक्रिया दिनुहोस्