
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले आज एक सूचना जारी गर्दै प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रवेशको अधिवेशन आह्वान भएको हो ।
प्रमुख प्रमुख कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरेका छन् ।
बैठक प्रदेशसभा स्थल तोकिएको मकवानपुरको हेटौंडास्थित मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ ।
प्रदेश सांसद्को अन्तिम नतिज प्रकाशित भएको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअनुसार माघ २४ भित्रमा सबै प्रदेशले प्रदेशसभाको पहिलो अधिवेशन बस्ने गरी आह्वान भइसक्नुपर्ने छ ।
प्रदेश नम्बर २ को पहिलो अधिवेशन २१ गतेका लागि आह्वान भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्