
सूचना–प्रविधिको क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिबारे सर्वसाधरणलाई जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ ।
मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसँग सम्बन्धित २२२ ओटा स्टल रहेका छन् ।
सरकारी विद्यालयबाट मेला अवलोकन गर्न जाने विद्यार्थीका लागि निःशुल्क प्रवेश दिने आयोजकले बताएका छन् ।
कार्यक्रमको उद्घाट्न गर्दै सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सन् २०२७ लाई डिजिटल नेपाल वर्षकोरुपमा मनाउने तयारी भइरहेको बताए ।
सरकारले सातऔटै प्रदेशका १४ ओटा जिल्लालाई ‘पाइलट प्रोजेक्ट’कोरुपमा विकास गर्ने योजना राखेको पनि उनले बताए ।
सो अवसरमा कम्प्युटर एसोसियसन नेपाल महासंघका अध्यक्ष हेमन्त चौरसियाले मेलामा विभिन्न कलेजका विद्यार्थीहरुले बनाएका सफ्टवेयहरु पनि प्रदर्शनीमा राखिएको जानकारी दिए ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस्, आइसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसनस्हरुका स्टल रहेको पनि उनले जानकारी दिए ।
मेला ६ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्