
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती गर्न आएको भारतीय समूह र प्रहरीबीच झडप भएको छ ।
गएराति ५ जनाको समूहमा आएका ब्यक्तिले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि झडप भएको हो ।
त्यस क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
अन्य व्यक्ति भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये पनि केहीलाई गोली लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनास्थलमा दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्