 
	    वीर अस्पताल र ट्रमा सेन्टरमा उपचार गराइरहेका २७ जनालाई बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले भत्ता वितरण गरेका हुन् ।
जसमध्ये वीर अस्पतालमा उपचार गराइरहेका १० जना क्यासरपीडित, मिगौला ‘फेल’ भएका ११ जना र स्पाइनल इन्जुरी भइ ट्रमा सेन्टरमा उपचार गराइरहेका ६ जना बिरामीलाई भत्ता वितरण गरिएको हो ।
भत्ता वितरण गर्दै प्रधानमन्त्री देउवाले ठूला भनिएका रोग लागेर जीविकोपार्जन गर्न समस्या भएका बिरामीलाई सहयोगस्वरुप भत्ता वितरण गरिएको बताए ।
सो अवसरमा स्वास्थ्यमन्त्री दीपक बोहराले सुर्तीजन्य पर्दाथबाट उठेको रकमबाट भत्ता वितरण गर्न सुरु गरिएको बताए ।
गत पुस २३ गतेको मन्त्रिपरिषदको बैठकले त्यस्ता रोग लागेका बिरामीलाई मासिक भत्ता दिने निर्णय गरेको थियो ।
तर, अर्थ मन्त्रालयले स्पस्ट मापदन्ड नपुगेको भन्दै रोकेपछि स्वास्थ्य कर कोषबाट रकम दिने निर्णय गरिएको बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्