२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेप्से १० अंक बराबरले सकारात्मक


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंक बराबरले सकारात्मक रहेर १४ सय ४ पुग्यो ।

विकास बैंक र अन्यबाहेक अरु सबै समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च ८९ अंकले उकालो लाग्यो । उत्पादनमूलक समूहमा ३० अंक, होटल समूहमा २७ अंक र लघुवित्त समूहमा २२ अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका ६ लाख ६२ हजार कित्ता सेयर जम्मा २८ करोड २२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।