२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ का लागि विद्युत् खरिद सम्झौता गरिने


0
Shares

kulman retire government undecided

प्राधिकरणले यसका लागि आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजनासँग हालसम्मकै उत्तम समझदारी गरिएको दाबी गरे ।

प्राधिकरणले आयोजनासँग ऋणचुक्ता अवधिसम्म डलरमा र त्यसपछि नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था गरेको घिसिङले जानकारी गराए ।

प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिट दरमा किन्नेछ ।

यसअघि, डलरमा पीपीए गरिएका खिम्तीको पीपीए दर १० रुपैयाँ ९५ पैसा, भोटेकोसी ११ रुपैयाँ १६ पैसा, माथिल्लो मर्स्याङ्दी ७ रुपैयाँ ३५ पैसा प्रतियुनिट रहेको पनि घिसिङले उल्लेख गरे ।

आयोजनामा कोरियन कम्पनी, विश्व बैंक समूहअन्तर्गत्को अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहने जनाइएको छ ।

आयोजनासँग डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम व्यहोर्न कोष स्थापना गरिने भएको छ ।

राष्ट्र बैंकले स्थापना गर्ने ‘हेजिङ फन्ड’को लागत, प्रिमियम सरकार, प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा व्यहोर्ने व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।

अब डलरमा पीपीए गर्दा पनि प्राधिकरण उच्च जोखिममा नरहने दाबी पनि उनले गरे ।

अहिले उद्योगमा दैनिक ३ घन्टाबाहेक मुलुकका अन्य कहीँ पनि लोडसेडिङ नभएको र गर्नुपर्ने अवस्था नरहेको पनि घिसिङले दाबी गरे ।

बेला–बेला बत्ती जानु लोडसेडिङ नभइ मर्मत र प्रणालीगत समस्याका कारणमात्र ‘पावर इन्टरप्सन’ भएको उनको जिकिर छ ।