१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वैदेशिक रोजगारीबाट वाक्क भई स्वदेशमै तरकारी खेती, वार्षिक १० लाख आम्दानी (भिडियो)


0
Shares

दुई कठ्ठाबाट तरकारी खेती शुरु गरेका कोपिन्द्रले अहिले चार विगाहा जमिनमा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । विदेशमा वाक्क भएर फर्केका उनी तरकारी खेतीमा लागेसँगै जिल्लाकै कृषि उद्यमीका रुपमा परिचित छन् ।

चार वर्ष मलेसिया बसेर नेपाल फर्केर तरकारी खेती सुरु गरेका कोपिन्द्रले १ बोट गोलभेडामा २५ किलोसम्म फलाएका छन् । १ बोट बन्दा कोपी साढे ४ किलोसम्म भएको छ । उनलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कार, पूर्वाञ्चल स्तरीय राष्ट्रपति पुरस्कारसमेत प्राप्त भएको छ ।

मोरङमा गोलभेडा खेती गर्ने उत्कृष्ट किसानको मेडल उनले ३ पटक भिरिसकेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्