२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


मत संकेत गर्ने तरिका सिकाउन निर्देशन


0
Shares

ललितपुरको गोदावरीमा शुक्रबार आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनः मतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गरे ।

उनले यही माघ २४ गते हुने निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट त्यसको पूर्णपालना हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षणमा आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तह र प्रदेशसभाका गरी दुई हजार ५६ मतदातालाई मत संकेत गर्न सिकाउनुपर्ने बताउँदै हरेक मतदातालाई राम्रोसँग मत संकेत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा जोड दिए ।

ललितपुरका प्रजिअ महादेव पन्थले राष्ट्रियसभा सदस्य निर्वाचन सफल बनाइने दृढता व्यक्त गरे ।

प्रदेश नम्बर–३ को राष्ट्रियसभा सदस्य निर्वाचन ललितपुरमा हुँदैछ । एकदिने उक्त प्रशिक्षणमा प्रदेश नम्बर–३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता थियो । रासस