
मन्त्रिपरिषदको बिहीबारको बैठकले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा–१२ गोलखाडामा सार्ने निर्णय गरेको थियो ।
उक्त निर्णयकोविरुद्धमा रुकुमपूर्वमा आन्दोलनको घोषणा गरिएको छ । रुकुमकोट र सदरमुकामवासीले अनिश्चितकालीन आमहडतालको आह्वान गर्दै विरोधमा उत्रिएका छन् ।
उनीहरुले शुक्रबार सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै निर्णय सच्याउन माग गरे । सोक्रममा प्रधानमन्त्री देउवाको पुत्लादहन गरिएको छ ।
सरकार र प्रधानमन्त्री देउवाविरुद्ध चर्का नाराबाजी गर्दै सदरमुकाम रुकुमकोटमा प्रदर्शन गरिएको हो ।
शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरु ठप्प पारियो । यातायात, शैक्षिकसंस्थालगायत पनि बन्द गराइयो ।
गोलखाडामा दीपावली
नयाँ सदरमुकाम तोकिएको ठाउँमा भने सरकारको निर्णयको भव्य स्वागत गरिएको छ ।
शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका र गोलखाडामा स्थानीय बासिन्दाहरुले बाजागाजासहित सरकारको निर्णयको भव्य स्वागत गरे ।
खसीबोका काटेर अबीरयात्रा गर्दै खुसियाली मनाएको छ । स्थानीयले घरघरमा दीपावलीसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्