१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


वर्षा भएपछि रुकुमका कृषक खुशी


0
Shares

खेतबारीकोे अन्नबाली सुक्नै लाग्दा बुधबार आएको पानीले ठूलो राहत मिलेको कृषक बताउँछन् । रुकुम पूर्वका पुथाउत्तरगंगा, भुमे गाउँपालिकालगायतका क्षेत्रमा भारी हिमपात समेत भएको छ ।

विशेष गरी अन्नबालीको पकेट क्षेत्र मानिने रुकुम पश्चिमको चौरजहारी फाँट, आठसिकोट, सिम्ली, खोलागाउँ, माछमीज्यूला, बाँकेज्यूला, राडीज्यूला, रुकुमकोट, मुसिकोट लगायतका क्षेत्रका कृषक खुशी भएका हुन् । यहाँका ८५ प्रतिशत कृषक आकाशे पानीको भरमा अन्नबाली लगाउँदै आएका छन् ।