२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लोकल कुखुराले पर्यटक तान्दै (भिडियो)


0
Shares

खानेकुरामा पर्यटकको पहिलो रोजाई लोकल कुखुरा हुने गरेपछि यसको ब्यवसायसमेत फस्टाउन थालेको हो ।

अर्गानिक खानासँगै स्थानीय जातका कुखुराको माग बढ्न थालेपछि लमजुङका पर्यटन व्यसायीहरुले यसलाई ब्यवसायिक रुप दिएका हुन् । मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङका पर्यटन व्यवसायी बलबहादुर गुरुङले लोकल कुखुरा व्यवसाय गरेका छन् । अन्नपुर्ण पदमार्गमा आउने पर्यटकहरुलाई लक्षित गरि व्यवसाय शुरु गरेका गुरुङले वरपरका होमस्टे गाउँमा पनि कुखुरा बिक्री गर्दै आएका छन् ।

बलबहादुरले ४ सय लोकल कुखुरा पालेका छन् । यसबाट राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्