Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पार्कीको उम्मेदवारी कायमै, एमालेका थापाको उम्मेदवारी रद्द गर्ने निर्णय


0
Shares

उम्मेदवार पार्कीमाथि नगर समितिको सदस्य भइ लाभको पदमा रहेको र थापाले पेस गरेको अपांगताको प्रमाणपत्र उम्मेदवारी दर्तापछिमात्रै बनाएको भनी उजुरी परेको थियो ।

आयोगको शनिबारको बैठकले प्रदेश नम्बर–७ का उम्मेदवार शेरीराम पार्की नगरपालिका सदस्य भएकै कारणले निजको उम्मेदवारी रद्द गरिरहनु नपर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर–४ बाट अल्पसंख्यक वा अपांगता समूहअन्तर्गत् अपांगताका आधारमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापाले मनोनयनपत्रसाथ पेस गरेको अपांगताको परिचयपत्र अपांग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई नेपाल सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो ।

उम्मेदवार थापाले माघ १० गते उम्मेदवारी दर्ता गरेपछि माघ १२ गते नयाँ अपांगताको प्रमाणपत्र बनाएर पेस गरेका थिए । रासस