Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जाँदाजाँदै १५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी


0
Shares

मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लागेको समाचार स्रोतले बतायो ।

‘नयाँ सरकार बन्ने दिन नजिकिदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजबिजीका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माण निर्माणलगायतका विषयमा रकम बाँड्न लाग्नुभएको हो ।’ स्रोतले भन्यो ।

मन्त्रालयमै बजेट अभाव भइरहेको अवस्थामा मन्त्री श्रेष्ठले यसका लागि अर्थ मन्त्रालयबाट बजेट निकासाको तयारी गरेपछि जानै लागेको मन्त्रीले मनपरी निर्णय गर्दा दीर्घकालिन असर पर्ने भन्दै मन्त्रालयका उच्च अधिकारीले विरोध गरेका छन् ।

तर विरोध आए पनि उनले दिनहुँजसो फाइल तयार गर्न दबाब दिने गरेका छन् । –नेपाल समाचारपत्र दैनिकबाट