
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्री र सभामुखलगायतका पदको बाँडफाँड गर्ने बताइएको छ ।
कार्यदलले यसअघि नै प्रदेश सरकारमा कूल सांसद संख्याको १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ ।
सोही कार्यदलले राष्ट्रियसभाको सिट संख्यासमेत टुंगो लगाएको थियो ।
कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ ।
माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ ।
प्रतिक्रिया दिनुहोस्