
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका एमाले अध्यक्ष ओली र दाहालबीच पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको हो ।
दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरण, प्रदेश सरकार गठन र केन्द्रमा वाम सरकार गठनलगायतका विषयमा छलफल भएको छ ।
प्रदेश सरकार निर्माणमा पद बाँडफाँट गर्न दुई दलका नेता सम्मलित कार्यदलले मूख्यमन्त्री लगायतका पदमा सहमति गर्न नसकेपछि दुई पार्टीका अध्यक्षले भेटवार्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्