
टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए । फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् ।
पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ ।
सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो । तर पनि यहाँ हिंसाको अन्त्य हुन सकेको छैन ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो । (रासस÷एएफपी)
प्रतिक्रिया दिनुहोस्