३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


रुसी विपक्षी नेताको कार्यालयमा प्रहरीद्वारा छापा


0
Shares

नाभाल्नीका प्रवक्ताले भने शक्ति प्रयोग गरी कार्यालयमा प्रहरी प्रवेश गरेको र बम रहेको आशंका गर्दै अनुसन्धान गरेको जनाएका छन् । केही रुसी अनलाइनले राजधानी मस्कोस्थित नाभाल्नीको भ्रष्टाचारविरुद्ध गठित संगठनको सम्पत्ति पनि प्रहरीले हेर्ने उल्लेख गरेका छन् ।

नाभाल्नीले राष्ट्रपति निर्वाचन धोका भन्दै विरोधमा आज प्रदर्शनको आह्वान गरेका थिए । सयभन्दा बढी शहरमा आयोजना गर्न लागिएको ¥यालीमाथि सरकारले प्रतिबन्ध लगाएको छैन । केहीलाई भने पक्राउ गरिएको छ ।

चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनका कटू आलोचकलाई विभिन्न बहानामा भाग लिन अवरोध गरिंदै आएको छ । निष्पक्ष चुनाव भए आफूले जित्ने दाबी गरेका ४१ वर्षीय नाभाल्नीलाई भने आपराधिक मुद्दा लगाएर चुनावमा भाग लिन रोक लगाइएको छ । तर उनले आरोप राजनीतिप्रेरित भएको जिकीर गर्दै आएका छन् ।

रुसमा आगामी मार्च १८ मा चुनाव हुँदैछ । (एजेन्सी)