Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘साफा इन्टरनेशनल सीएफओ कन्फ्रेन्स’ आयोजना


0
Shares

राजधानीमा आइक्यानले पत्रकार सम्मेलन गरि यहि माघ १७ गते हुने सम्मेलनबारे जानकारी गराएको हो ।

कन्फ्रेन्सले वित्तीय जोखिम व्यवस्थापन, पारदर्शिता र जवाफदेहिताका अवधारणागत विषयहरुमा गहिरो समीक्षा गर्ने आइक्यानका अध्यक्ष प्रकाशचन्द्र थापाले बताए । कन्फ्रेन्सले लेखा व्यवसायको नेतृत्वदायी शृंखलाहरुको बारेमा सूचना तथा ज्ञान अभिवृद्धि गर्ने थापाको भनाइ छ ।

सम्मेलनमा इन्टरनेशनल फ्रेडरेशन अफ एकाउन्टे्न्ट्स इन्टरनेशनल एकाउन्टिङ्ग एजुकेशन स्ट्यान्ट्र्ड बोर्ड चार्टर्ड इन्सटिच्युट अफ पब्लिक फाइनान्स एण्ड एकाउन्टेन्सी र साफा सदस्य राष्ट्रहरुका १५ जना लेखा व्यवसायीले प्राविधिक पत्रहरु पनि प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा प्रमुख वित्त अधिकृत, प्रबन्धक, लेखा व्यवसायी, परामर्शदाता लगायतले सहभागीता जनाउने भएका छन् ।