२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मलेसियाको कफी उत्पादक कम्पनी फुड एम्पाएरको अधिकृत विक्रेता बन्यो आर्क्स ग्रुप


0
Shares

कम्पनीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा नयाँ उत्पादन सार्वजनिक गर्दै आर्क्स ग्रुपलाई अधिकृत विक्रेता नियुक्त गरेको जानकारी गराइएको हो ।

यस ग्रुपमार्फत म्याक, काल्सनो ब्राण्डका कफी नेपाली बजारमा बिक्री गर्ने जनाइएको छ । नेपालका लागि मलेसिया दूतावासका प्रतिनिधि अहमद फादिल, फुड एम्पाएर कम्पनीका अध्यक्ष तन वाङ सिओ, आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले नयाँ उत्पादन सार्वजनिक गरेका थिए ।