३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


काबुलस्थित सैन्य वेसमा ‘आइएस’को भीषण आक्रमण, ११ अफगान सैनिक मारिए


0
Shares

स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको आक्रमण परी कम्तीमा १५ जना मारिएका छन् ।

मारिनेमा ११ जना अफगान सैनिक र चारजना आक्रमणकारी छन् । १६ जना सैनिक घाइते भएका छन् । एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ ।

आक्रमणकारी भारी हतियारसहित आएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सैन्य वेसको मूलगेटबाट प्रवेश गरेका आक्रमणकारीलाई दोस्रो गेट प्रवेश गर्नबाट रोकिएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।

काबुलमा एम्बुलेन्समा विस्फोटक पदार्थ भरेर १०० भन्दा बढी व्यक्ति मारिने गरी गरिएको आत्मघाती आक्रमणपछि सोमबार फेरि अर्को आक्रमण भएको हो ।

इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा इस्लामिक अतिवादी समूह र तालिबानले अफगान सुरक्षाकर्मीलाई निशाना बनाउँदै आएका छन् । (एजेन्सी)