Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


नेपाल–भारतबीच अहिले सीमा विवाद छैन : महतो


0
Shares

रफ्त सन्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पस्ट गरे ।

एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्‍याएको आरोप उनले लगाउँदै भने–‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो, आज पनि छ । यस्तो अवस्थामा वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरै हुँदैन । संविधान संशोधन नभए हामी जुनसुकै कदम चाल्न बाध्य हुनेछौं ।’

नेता महतोले भने–‘प्रदेश नम्बर–२ मा जनताले राजपा र फोरमलाई सरकार बनाउने ‘म्यान्डेट’ दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुनेछ ।’

उनले नेपाल–भारतबीच अहिले सीमा विवाद नभएको जिकिर गर्दै नेपाली सन्चारमाध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए ।

नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका नाममा भारतलाई गालीमात्रै गर्ने गरेको बताउँदै उनले नेपालमा छिमेकी देशसँगको सम्बन्धकाबारे दल र व्यक्तिपिच्छे नीति नभइ राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिए । रासस