२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


औद्योगिक नीति निर्यातमुखी बनाउनुपर्छ : उपराष्ट्रपति पुन


0
Shares

देउराली–जनता फर्मास्यूटिकल्स प्रालिको मंगलबार राजधानीमा सम्पन्न २७औं वार्षिकोत्सवमा उनले नयाँ सरकारले पुरानो औद्योगिक नीति संशोधन गरी निर्यातमुखी बनाउनुपर्ने बताए ।

हालको औद्योगिक नीति उद्योगलाई निषेध गर्ने खालको रहेको उनको दाबी थियो ।

नेपालको व्यापार नीति आयातमुखी भएको भन्दै बढ्दो व्यापार घाटा कम गर्न सरकार, निजी क्षेत्र मिलेर उत्पादन बढाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

देउराली–जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले आयातमुखी नीति हुँदा देशको अर्थतन्त्र धरासायी बन्दै गएको बताए ।

पुरानो व्यापार नीति संशोधन गरी स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने नीति अवलम्बन गर्नसके आगामी १० वर्षभित्र गरिबी दर शून्यमा झार्नसकिने उनले जिकिर गरे ।

लगानीको उचित वातावरणको अभाव एवं पूर्वाधार नहुँदा औद्योगिक क्षेत्र खस्कँदै गएको उनको भनाइ थियो ।

विभिन्न ३२० थरिका औषधि उत्पादन गर्दै आइरहेको कम्पनीले क्षमताको ६५ प्रतिशत उत्पादन गरिरहेको जनाएको छ ।