Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


साउदी र ओमनमा वैदेशिक रोजगारको क्षेत्र कटौती, नेपाली पनि प्रभावित हुने


0
Shares

साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् । साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विदेशी कामदार राख्न नपाउने नीति लागू गरेको हो ।

साउदीको श्रम तथा सामाजिक विकासमन्त्री अली अल घफिसले आउँदो सेप्टेम्बरदेखि नियम लागू हुने जानकारी दिएका हुन् । घडी, चस्मा, मेडिकल औजार तथा उपकरणहरु, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरु गाडीका पार्टपूर्जा, निर्माण सामाग्री, कार्पेट, गाडी तथा मोटरसाइकल, घर तथा कार्यालय फर्निचर, बच्चाका लुगाफाटा तथा पुरुषका सरसामान, घर तथा भान्सामा प्रयोग हुने भाँडाकुँडा र चकलेट बेच्ने पसलमा विदेशी कामदार राख्न नपाउने निर्णय लिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

ओमनका जनशक्तिमन्त्री अब्दुल विन नासिर विन अब्दुल्लाह अल बर्खीले ८७ पेसाका लागि आगामी ६ महिनाका लागि नयाँ भिसा जारी नगर्ने निर्णय लिएका छन् । –कान्तिपुर दैनिकबाट