२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


यमनको दक्षिणी सहर अदेन पृथकतावादीको नियन्त्रणमा


0
Shares

यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् ।

सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् ।

यमनको सरकारले अदेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । त्यहाँको राजधानी सनालाई सन् २०१५ मा हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि अदेनलाई राजधानी बनाइएको थियो ।

त्यसयता विद्रोही र सेनाबीच भएको संघर्षमा ९ हजार २४५ जनाको मृत्यु भइसकेको छ भने ३० लाख मानिस घाइते भएका छन् । (एजेन्सी)